२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन, सम्पूर्ण मोडेलहरू उपलब्ध हुने


सञ्चार डबली
  • सोमबार, कात्तिक २४ २०८२
  • 4.0K
    SHARES

  • images
    एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन, सम्पूर्ण मोडेलहरू उपलब्ध हुने

    काठमाडौँ । नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। एमएडब्लू वृद्धि कमर्सियलद्वारा सञ्चालित यो नयाँ फोटोन शोरुम कार्तिक २३ मा एयरपोर्ट रोड, सुर्खेतस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रालिको आयोजनामा उद्घाटन गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि राम प्रसाद जैशी (राजु), महासचिव सुर्खेत चेम्बर अफ कमर्श,ले उक्त शोरुमको औपचारिक उद्घाटन गरे। कार्यक्रममा स्थानीय विद्यालय, यातायात समिति, र प्रतिष्ठित बैंकका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले फोटोन ब्रान्डप्रतिको बढ्दो विश्वास र सामुदायिक सम्बन्धलाई झल्काएको थियो।

    शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू - माउन्टेन ईभी भ्यान, लाइट ड्युटी ट्रकहरू, तथा टुनल्याण्ड पिकअप उपलब्ध छन्। यी सवारी साधनहरूले सस्तो र दिगो शहरी यातायातदेखि लिएर भारी व्यावसायिक ढुवानीसम्मका आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेका छन्।

    एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले भने,“हामी फोटोन मोटरलाई सुर्खेतवासीको नजिक ल्याउन पाउँदा उत्साहित छौं। चितवन शोरुमको सफलतापछि सुर्खेत शोरुमले पश्चिमी क्षेत्रमा विश्वस्तरीय सवारी, उत्कृष्ट सेवा र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ। हामी सबैलाई फोटोन सवारीको शक्ति र भरपर्दोपन अनुभवका लागि टेस्ट राइड लिन आमन्त्रण गर्छौं।”

    नेपालमा उच्च गुणस्तरीय व्यावसायिक सवारी र इनोभेटिभ समाधानका लागि परिचित बनेको फोटोनले हालसम्म १५ वटा शोरुमहरू र १७ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ। यसले देशभरका ग्राहकहरूलाई सहज पहुँच, मर्मतसम्भार, तथा भरपर्दो आफ्टर सेल्स सेवा सुनिश्चित गरेको छ।

    फोटोन ब्रान्डको यो विस्तारले पश्चिम नेपालमा व्यावसायिक सवारीसाधन बजारमा पहुँच र विश्वासलाई अझ सुदृढ बनाउने कम्पनीको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend