२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ, आजको हरियो तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 9.6K
    SHARES

  • images
    यस्तो छ, आजको हरियो तरकारी तथा फलफूलको मूल्य

     

    काठमाडौं, बैशाख ५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३१ रुपैया, सेतो आलु २७ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २३० रुपैयाँ, कुरीलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

    त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, घिरौला ३० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, तराइ परवर र न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ३० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

    त्यस्तै ब्रोकाउली ५० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ५० रुपैया केजी, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका २५ रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

  • सम्बन्धित विषय:

  • # हरियो तरकारी तथा फलफूल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend