काठमाडौं । बजाज चेतक नेपालले आफ्नो “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प” घोषणा गरेको छ । यो विशेष कार्यक्रम ग्राहकहरूलाई आफ्ना पुराना दुईपांग्रे सवारी साधन बोल्ड, इलेक्ट्रिक चेतक ईभीमा अपग्रेड गर्न आमन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको हो । क्याम्प २०८२ कार्तिक २३ गतेदेखि २८ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुनेछ ।
बोल्ड जेनरेशनका लागि नयाँ भाइब
“ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प” मा सहभागीहरूलाई पुराना दुईपांग्रे सवारी साधन उच्चतम मूल्याङ्कन, फ्री एक्सेसरीज, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट राइडमा फ्री कफी जस्ता सुविधाहरु प्रदान गरिनेछन् । ग्राहकको अनुभवलाई थप रमाइलो बनाउन नयाँ चेतकको खरिदमा बाइकर्स क्याफेमा कपल्स लन्च पनि प्राप्त गर्नेछन् ।
इलेक्ट्रिक मोबिलिटीमा सहज रूपान्तरण
यस पहलमार्फत, बजाज चेतकले परम्परागत दुईपांग्रे इलेक्ट्रिक मोबिलिटीमा सजिलो, रोमाञ्चक र लाभदायी रूपान्तरण सुनिश्चित गर्न चाहन्छ । चेतक ईभीले सदाबहार डिजाइन र आधुनिक प्रविधिको संयोजन गर्दै पर्फर्मेन्स, स्टाइल र दिगोपनको उत्कृष्ट मिश्रण प्रदान गर्दछ ।
’ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ केवल एक्सचेन्ज कार्यक्रम मात्र नभई यो स्मार्ट मोबिलिटी अपनाउने अवसर हो । चेतक ईभीले नवप्रवर्तन, विश्वसनीयता र आधुनिक राइडरको बोल्ड भावना प्रस्तुत गर्दछ, जुन नेपालका बदलिँदै गरेका सडकका लागि उपयुक्त छ ।”, कार्यक्रमबारे टिप्पणी गर्दै गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले भन्नुभयो ।
बजाज चेतक 3501 को बारेमा
बजाज चेतक 3501 शहरका सडक र दुर्गम भूभाग दुवैका लागि निर्मित एक उन्नत विद्युतीय स्कुटर हो । यसले प्रति चार्ज १५३ किलोमिटरको प्रमाणित १३५ रेंज प्रदान गर्दछ, जसले दक्षता र आत्मविश्वासलाई संयोजन गर्दछ । यसको IP64 रेटेड अल मेटल बडीले सबै मौसमी अवस्थामा स्थायित्व सुनिश्चित गर्दछ । साथै, ५ इन्च TFT टचस्क्रिन डिस्प्लेले स्मार्ट नेभिगेसन, म्युजिक कन्ट्रोल र डक्युमेन्ट एक्सेस प्रदान गर्दछ । जियो–फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन , र एन्टी– ठेफ्ट प्रोटेक्सन जस्ता सुविधाहरूको साथ सुरक्षा बढाइएको छ । ३५ लिटर अन्डरसिट स्टोरेज र केवल ३ घण्टामा ० देखि ८०% सम्म फास्ट चार्जिङको साथ, चेतक 3501 एक यस्तो सवारी हो जुन सुविधा र कार्यक्षमताबीच सम्झौता नगरी वास्तविक जीवनका लागि तयार छ ।



