२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रोटोन इमासले नारायणघाट शोरूमको शुभारम्भसँगै विस्तारको गति अगाडि बढायो


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २१ २०८२
  • 5.3K
    SHARES

  • images
    प्रोटोन इमासले नारायणघाट शोरूमको शुभारम्भसँगै विस्तारको गति अगाडि बढायो

    चितवन । देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै, जगदम्बा मोटर्स प्रालि अन्तर्गतको नेपालकै प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज नारायणघाट, चितवनमा आफ्नो नयाँ ३एस शोरूम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ ।

    यो शुभारम्भले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । भव्य उद्घाटन समारोहका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, विशेष अतिथि सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे, र उद्योगपति तथा समाजसेवी बल गोपाल चुके रहेका थिए । 

    साथै, विभिन्न गण्यमान्य व्यक्तित्वहरू, प्रोटोन ईमासका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रोटोन ई।मास ७ को प्रदर्शन र ग्राहकसँगको अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो ।

    नयाँ शोरूमले एकै स्थानमा विक्री, सेवा र वास्तविक स्पेयर पार्ट्स सहितको पूर्ण इलेक्ट्रिक वाहन स्वामित्वसहितको अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ । यसले प्रोटोन ईमासको नेपालका ग्राहकहरूलाई सहज, भरपर्दो र सन्तोषजनक विद्युतीय यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काएको छ ।

    जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, “नारायणघाट शोरूम हाम्रो प्रयासको परिणाम हो, जसले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहकको नजिक ल्याउँछ । चितवनको तीव्र विकसित शहरी परिवेश र वातावरणप्रति सचेत ग्राहकहरूले यो स्थानलाई विद्युतीय यातायातको केन्द्र बनाउने विश्वास हामीले लिएका छौँ ।” 

    नारायणघाट शाखा थपिएसँगै, प्रोटोन ईमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायातका वचनलाई पुरा गर्दै नेपालभर आफ्नो सञ्जाललाई अझ सुदृढ बनाएको छ। 

    ब्रान्डले हरेक ग्राहकले विश्वस्तरीय ईभी स्वामित्वको अनुभव दिने लक्ष्यका साथ विद्युतीय यात्राको भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धता जारी राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend