काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार ठुलो गोलभेँडा (भारतीय) प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेँडा ५९ रुपैयाँ २० पैसा, स्थानीय काउली र हरियो खुर्सानी ७५ रुपैयाँ, लाम्चो भन्टा ४५ रुपैयाँ, डल्लो फर्सी ५० रुपैयाँ, भिण्डी ११० रुपैयाँ, रायोको साग १२० रुपैयाँ, पालूगो साग १३५ रुपैयाँ, चमसूरको साग २०२ रुपैयाँ, मेथीको साग २२८ रुपैयाँ, हरियो प्याज ८८ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, कन्य च्याउ २३० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, कुरीलो ८०० रुपैयाँ, ब्रोकाउली १४६ रुपैयाँ २५ पैसा, पार्सले ५५२ रुपैयाँ, सौफको साग २३० रुपैयाँ, गुन्द्रुक ३२२ रुपैयाँ, केरा प्रतिदर्जन १४५ रुपैयाँ, अनार प्रतिकेजी ४०२ रुपैयाँ, मौसम र लोकल काक्रो ११५ रुपैयाँ, किवि ३०२ रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ र भेडे खुर्सानी १०५ रुपैयाँ तोकिएको छ ।



