२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पारामाउन्ट मोटर्सले मल्टीब्राण्ड "एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प” कार्तिक २१–२३ सम्म आयोजना गर्ने


सञ्चार डबली
  • बिहीबार , कात्तिक २० २०८२
  • 3.3K
    SHARES

  • images
    पारामाउन्ट मोटर्सले मल्टीब्राण्ड "एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प” कार्तिक २१–२३ सम्म आयोजना गर्ने

    काठमाडौ । नेपालमा एमजी, आइएम, माज्दा, वुर्लङ र म्याक्सस ब्रान्डहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफ्नो पोर्टफोर्लयोमा रहेका सबै ब्रान्डहरू समेटेर नेपालकै सबैभन्दा ठूलो “एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प” आयोजना गर्न लागेको छ।

    यो कार्यक्रम २०८२ कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहान ११:०० बजेदेखि साँझ ६:०० बजेसम्म एलिस रिसेप्सन, नक्साल, गैरिधारा र उपत्यका बाहिरका सबै डिलरसिपहरुमा सञ्चालन हुने जानकारी गराइएको छ।

    तीनदिने क्याम्पमार्फत ग्राहकहरूले आफ्ना सवारीसाधनहरुमा रु.१५ लाख सम्मको विशेष लाभ सहित अपग्रेड गर्न सक्नेछ भने सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कन सहितको एक्सचेन्ज अफरहरू समेत उपलब्ध हुनेछ।

    क्याम्पमा माज्दा, वुर्लङ, आईएम, एमजी र म्याक्सस जस्ता ख्यातिप्राप्त ब्रान्डका सवारीसाधनहरु प्रदर्शित गरिनेछ जसले ग्राहकहरूलाई विभिन्न सवारी विकल्पहरू प्रदान गर्नेछ। क्याम्पमा पारिवारिक वातावरण सहितको किड्स जोन, नेल आर्ट, मेहेन्दी सेसन, फेस पेन्टिङ, फुड एन्ड गेम्स जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूको व्यवस्था हुनेछ।

    आगन्तुकहरूले यस अवसरमा आइएमको इन्टेलिजेन्ट इलेक्टिक एसयूभी IM6 को प्रत्यक्ष अनुभव लिन सक्नेछन् र यसका क्र्याब वाक, iAD, पाकिर्ङ सोलुसन, पुल–आउट तथा रिभर्स असिस्ट जस्ता अत्याधुनिक वन टच फीचर्स पनि अवलोकन गर्न सक्नेछन्।

    उपत्यका भित्र वा बाहिरका डिलरशिपहरुमा  सहभागी भई ग्राहकहरूले एमजी तथा अरु साझेदार ब्रान्डहरूका नवीनतम मोडेल र अफरहरूको लाभ उठाउन सक्नेछन्। सवारीसाधन अपग्रेड गर्ने विशेष समय र अवसर बनेर आएको यस "एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प” ले आफ्ना ग्राहकहरूका लागि अधिकतम सुविधासहितको एक अद्धितीय अनुभव प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend