२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चिनियाँ इभि निर्माता सेरेसले हङकङमा सूचीकृत भई उठायो १.८ अर्ब डलर


सञ्चार डबली
  • बुधबार, कात्तिक १९ २०८२
  • 5.4K
    SHARES

  • images
    चिनियाँ इभि निर्माता सेरेसले हङकङमा सूचीकृत भई उठायो १.८ अर्ब डलर

    काठमाडौँ । चिनियाँ इलेक्ट्रिक सवारी साधन (इभि) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो सेयर सूचीकृत गर्दै करिब १.८ अर्ब अमेरिकी डलर (१४.३ अर्ब हङकङ डलर) जुटाएको छ।

    कम्पनीले सेयर मूल्य निर्धारण गर्दा तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प पनि प्रयोग गरेको बताइएको छ।

    चोंगकिंगस्थित हुवाए टेक्नोलोजिज कम्पनी लिमिटेडको इभि साझेदार कम्पनी सेरेसले करिब १०८.६ लाख कित्ता सेयर प्रतिसेयर १३१.५० हङकङ डलरमा बिक्री गरेको छ। यसमा अतिरिक्त ८.४ लाख सेयर पनि समावेश छन्, जसले प्रस्तावित सेयर सङ्ख्यामा करिब ८.४ प्रतिशत वृद्धि गरेको छ।

    सेरेसको सूचीकरण मूल्य शाङ्घाई स्टक एक्सचेन्जमा शुक्रबारको बन्द मूल्य १५५.१९ युआनभन्दा २२ प्रतिशत कम रहेको छ। हङकङमा सूचीकृत यी सेयरहरूको व्यापार बुधबारबाट सुरु भएको छ।

    यो वर्ष हङकङमा १ अर्ब डलरभन्दा बढी उठाउने आठौँ कम्पनी बनेको सेरेसले जनाएको छ। हङकङमा भएको कुल लगानी सङ्कलन २०२५ का लागि ब्लूमबर्ग इन्टेलिजेन्सले अनुमान गरेको २६ अर्ब डलरभन्दा बढी भइसकेको छ।

    सेरेसको स्थापना सन् १९८६ मा भएको हो। सुरुमा कम्पनीले स्प्रिङ र शक अब्जर्भर उत्पादन गर्थ्यो, पछि मोटरसाइकल र अन्ततः इलेक्ट्रिक सवारी साधन क्षेत्रमा विस्तार गरेको हो।

    हुवाएसँगको साझेदारी सेरेसका लागि महत्वपूर्ण मोड साबित भएको छ। ब्लूमबर्गका अनुसार विश्लेषकहरूको अनुमानमा, यस वर्ष सेरेसको नाफा ७२ प्रतिशत वृद्धि भई १०.२ अर्ब युआनसम्म पुग्ने अपेक्षा छ।

    सेरेसको सूचीकृत प्रक्रिया चाइना इन्टरनेसनल कर्पोरेसन र चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनीले संयुक्त रूपमा सम्हालेका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend