२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

लुम्बिनी लायन्सको अफिसियल एन्थम् (गीत) ‘स्याबास ! सार्वजनिक


सञ्चार डबली
  • सोमबार, कात्तिक १७ २०८२
  • 5.6K
    SHARES

  • लुम्बिनी लायन्सको अफिसियल एन्थम् (गीत) ‘स्याबास ! सार्वजनिक

    भैरहवा । लुम्बिनी लायन्सले एन पि एलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास !’ सार्वजनिक गरेको छ। बुद्ध दर्शन र खेललाइ एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ।

    यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको कुरा सर्जक नवराज पराजुली बताउँछन्। मैदानमा हुने ११ जना खेलाडीजस्तै  मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन्। ती दर्शकलाइ बाह्रौँ खेलाडीको रूपमा एन्थममा समेटिएको छः

    हामी लुम्बिनीको बाह्रौँ खेलाडी बन्छौँ
    आँफै आफ्नो काँधमा धाप मारेर भन्छौँ
    स्याबास् !

    सर्जक भन्छन्, “जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरूले आफ्नो टिमलार्इ जे भन्न मन लाग्छ, एन्थममा ती पंक्तिहरू समेटिएका छन्।”

    बुद्ध दर्शनमा भएको ध्यान र स्वासको महानतालाइ खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छः

    खेल जित्दा आयो सास, खेल खेल्दा गयो सास

    आयो सास गयो सास, सासलाइ हेरिरह्यो सास

    आउने जाने सासलाइ बनाएर साहस

    लुम्बिनीले यस्तो खेल्यो सासले भन्यो, “क्या बात् ! स्याबास !”

    एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन्। लिरिकल भिडियोको निर्माण बिबेक निशानीले गरेका हुन्। एनपिएलको ट्रफी टूरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend