२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आजदेखी एसिसी प्रिमियर कप, उदघाटन खेलमा नेपाल मलेसियासँग भिड्दै


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 11.5K
    SHARES

  • आजदेखी एसिसी प्रिमियर कप, उदघाटन खेलमा नेपाल मलेसियासँग भिड्दै

    काठमाडौं, बैशाख ५ गते । आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। आजवाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया बिच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ।सो खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भनजे समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन । 

    पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ । मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिडनेछ । 

     यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुनेछ । 

     नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा,  तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ। सो खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

  • सम्बन्धित विषय:

  • # आजदेखी एसिसी प्रिमियर कप
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend