२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिप्रदीद्धारा ग्राहकहरूका लागि भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १४ २०८२
  • 5.9K
    SHARES

  • images
    सिप्रदीद्धारा ग्राहकहरूका लागि भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ

    काठमाडौं । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ का ग्राहकहरूका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। काठमाडौं उपत्यकामा बढ्दो ‘एक्सप्रेस–टी’ को प्रयोग र ग्राहकको सहजतामाथि केन्द्रित हुँदै सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो।

    अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस–टीका सबै ग्राहकहरूले भक्तपुरमा पनि सेवा लिन सक्नेछन् । यस सर्भिस सेन्टरमा एक्सप्रेस–टीका लागि अत्याधुनिक उपकरणसहितको सर्भिस सुविधा उपलब्ध गराइएको छ। साथै, फास्ट चार्जिङ स्टेशनको समेत व्यवस्था गरिएको छ, जसले चालक तथा सञ्चालकहरूलाई थप सहजता प्रदान गर्नेछ।

    सिप्रदी ट्रेडिङका अनुसार, हाल बालकुमारी, गोंगबु र भक्तपुरमा ‘एक्सप्रेस–टी’ का लागि डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा छन्। त्यस्तै, बालकुमारी, एकान्तकुना, टिकाथली, बनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोंगबु, कपन, खाडीचौर र दुधौली क्षेत्रमा फास्ट चार्जिङ स्टेशनहरू पनि सञ्चालनमा छन्, जसले विद्युतीय ट्याक्सी सञ्चालनलाई अझ सुलभ र प्रभावकारी बनाएको छ।

    कम्पनीले ग्राहकलाई नजिकबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशभर सेवा सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत भक्तपुर सर्भिस सेन्टर थप गरिएको जनाएको छ। कम्पनीका अनुसार, यो सर्भिस सेन्टरमार्फत सर्भिसिङ र चार्जिङ दुबै सुविधा एकै स्थानमा उपलब्ध हुने भएकाले ग्राहकले समय, ऊर्जा र खर्चमा समेत बचत गर्न सक्नेछन्।

    ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी आधुनिक प्रविधि, आकर्षक डिजाइन र सुरक्षित संरचनाका कारण बजारमा अत्यधिक लोकप्रिय बनेको छ। प्रशस्त आन्तरिक ठाउँ, ठूलो बुट स्पेस, बलियो निर्माण र कम सञ्चालन लागतका कारण यात्रु तथा सञ्चालक दुवैबीच यसको माग लगातार बढ्दो छ। यस ट्याक्सीमा एक वर्षको निःशुल्क बीमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, र ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारन्टीको सुविधा प्रदान गरिएको छ।

    भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनसँगै टाटा मोटर्स नेपालले आफ्नो ग्राहक सेवा सञ्जाललाई थप सुदृढ बनाएको छ। कम्पनीले विद्युतीय गतिशीलताको दिगो यात्रामा ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend