२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजदेखि धान खरिद गर्दै खाद्य, किसानले सरकारबाट तोकिएको न्यूनतम मूल्य पाउने


सञ्चार डबली
  • मंगलबार, कात्तिक ११ २०८२
  • 7.8K
    SHARES

  • images
    आजदेखि धान खरिद गर्दै खाद्य, किसानले सरकारबाट तोकिएको न्यूनतम मूल्य पाउने

    काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले निर्धारण गरेको मूल्यमा आजदेखि धान खरिद गर्दै छ।

    किसानलाई सही मूल्य दिलाउने उद्देश्यले सरकारले निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्य मोटा धान प्रतिक्विन्टल ३४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल ३६२८ रुपैयाँ ३३ पैसामा खाद्यले आजदेखि धान खरिद गर्ने भएको हो। 

    कम्पनीले महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोड गरी १३ वटा शाखाबाट धान खरिद गर्दै छ। कम्पनीले पश्चिम नेपालबाट धान खरिद सुरु गर्ने जनाएको छ। 

    कैलालीको धनगढी लगायतका क्षेत्रबाट आजदेखि धान खरिद गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए। पश्चिम तराईमा धान छिटो भित्र्याइने भएकाले सोही क्षेत्र हुँदै क्रमशः पूर्वतिर धान पाक्दै गएपछि खरिद केन्द्र पनि सर्दै लैजाने योजना कम्पनीको छ।

    यस आर्थिक वर्षका लागि कम्पनीले प्रारम्भिक चरणमा १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend