२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

‘एल क्लासिको’ पहिलो लेगमा बार्सिलोनामाथि रियल म्याड्रिडको रोमाञ्चक जित


सञ्चार डबली
  • सोमबार, कात्तिक १० २०८२
  • 4.4K
    SHARES

  • ‘एल क्लासिको’  पहिलो लेगमा बार्सिलोनामाथि रियल म्याड्रिडको रोमाञ्चक जित

    काठमाडां । स्पेनिस शीर्ष डिभिजन लिग ला लिगा ‘एल क्लासिको’को पहिलो लेगमा क्लब रियाल मड्रिडले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकाल्यो ।

    आइतबार रियाललाई स्पेनस्थित घरेलु मैदान स्टाडियो सान्टियोगो बर्नबेउमा जित दिलाउन केलियन एम्बापे र जुड बेलिंघमले गोल गरे । बार्सिलोनाका फेर्मिन लोपेजले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

    खेलको २२औँ मिनेटमा रियाललाई टोलीका एम्बापेले अग्रता दिलाए । तर, रियालले यो अग्रता भने लामो समयसम्म जोगाउन सकेन । ३८औँ मिनेटमा बार्सिलोनाका लोेपेजले गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसअघि सुरुआती १२औँ मिनेटमा, रियालले अग्रता लम्ब्याउने अवसर पाएको थियो ।

    एम्बापेले गोल गरे पनि मान्यता दिएको थिएन । ४३औँ मिनेटमा रियालका बेलिंघमले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा ल्याए । रियालले यही अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै जित पक्का गरेको हो । 

    खेलको इन्जुरी टाइममा बार्सिलोनाका पेड्रीले दोहोरो पँहेलो कार्डपछि रातो कार्डको दर्शन गरेपछि टोली दश खेलाडीमा सीमित भएको थियो । खेलपछि मैदान तनावपूर्ण समेत बनेको थियो ।

    खेलमा अन्तिम ‘ह्विसिल’को इसारापछि र त्यसको केही मिनेटअगाडि दुवै टोलीका खेलाडीहरूबीच विवाद भएको थियो । जितसँगै रियालले तालिकाको शीर्ष स्थानमा आफ्नो पक्कड बलियो बनाएको छ ।

    रियालले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग स्पष्ट ५ अंकको दुरी कायम गरेको हो । शीर्ष स्थानमा रहेको रियालले १० खेलमा नौ जित र एक हारसहित २७ अंक बनाएको हो । पराजित बार्सिलोना भने समान खेल खेल्दा सात जित, एक बराबरी र दुई हारसहित २२ अंकमा सीमित छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend