२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज देखी उर्जा सम्मेलनः  बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल हुँने


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 9.1K
    SHARES

  • images
    आज देखी उर्जा सम्मेलनः  बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल हुँने

     

    काठमाडौं, बैशाख ५ गते । आज देखी काठमाडौंमा ऊर्जा सम्मेलन हुदैँछ ।‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुदैछन् । सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ ।

    सो सम्मेलनमा विद्युत् उत्पादकहरू, बिद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गर्दै आएका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरुले सो सम्मेलनमा सहभागिता जनाउने छन् । मुख्यतः नेपालवाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणका लागि सो सम्मेलन लाभदायक हुने आयोजकले दावी गरेका छन । 

  • सम्बन्धित विषय:

  • # आज देखी उर्जा सम्मेलनः
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend