काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज भेडे खुर्सानीको भाउ प्रतिकेजी १३५ रुपैयाँले बढेर प्रतिकेजी २८५ रुपैयाँ पुगेको छ । त्यस्तै, माछे खुर्सानी १५० रुपैयाँ, हरियो अकबरे खुर्सानी १४५ रुपैयाँ, हरियो लसुन ३२५ रुपैयाँ, सुकेको लसुन ३२५ रुपैयाँ, सुकेको खुर्सानी ३६५ रुपैयाँ, शरीफा १४० रुपैयाँ, आभोकाडो ३२० रुपैयाँ, अमला ६६ रुपैयाँ २५ पैसा, लोकल काक्रो ७५ रपैयाँ, हाइब्रीड काक्रो ३० रुपैयाँ ४० पैसा, हरियो तरबुजा ६६ रुपैयाँ २५ पैसा, केरा प्रतिदर्जन १२० रुपैयाँ, डल्ले च्याउ ३६५ रुपैयाँ, कुरीलो ४८० रुपैयाँ, न्यूरो ८५ रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकुन्दर ६६ रुपैयाँ २५ पैसा, पालूगो साग २८० रुपैयाँ, स्कूस १२ रुपैयाँ ५० पैसा, लाम्चो फर्सी ८० रुपैयाँ, डल्लो फर्सी ४६ रुपैयाँ २५ पैसा, लौका ७८ रुपैयाँ, स्थानीय काउली र तराई गाजर १०५ रुपैयाँ र मुडेको रातो आलु ४८ रुपैयाँ तोकिएको छ ।
यसैगरी, चिचिण्डो प्रतिकेजी ४० रुपैयाँ, सलगम र झिगूनी ९३ रुपैयाँ, पिंडालू ७७ रुपैयाँ ५० पैसा, स्कूस १६ रुपैयाँ ४० पैसा, रायोको साग १०८ रुपैयाँ, पालूगो साग १२२ रुपैयाँ, कन्य च्याउ १८४ रुपैयाँ, डल्ले च्याउ ३५२ रुपैयाँ, ब्रोकाउली १८२ रुपैयाँ, जुनार २४६ रुपैयाँ, लोकल नासपाती ८४ रुपैयाँ, लप्सी ५७ रुपैयाँ, अकबरे खुर्सानी १६२ रुपैयाँ, हरियो लसुन १६२ रुपैयाँ र सुकेको छ्यापी १९२ रुपैयाँ ५० पैसा पर्नेछ ।



