काठमाडौँ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रा. लि., नेपालमा फोर्थिङ (Forthing) ब्रान्डको आधिकारिक वितरकले तिहारको अवसरमा 'Forthing Tihar Vibe' अभियान सुरु गरेको छ। असोज २७ देखि कात्तिक ३, २०८२ सम्म सञ्चालन हुने यो विशेष अफरअन्तर्गत ग्राहकहरूले फोर्थिङ ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी 'Forthing Friday' को अनुभव गर्न पाउनेछन्।
यो सीमित अवधिको अफरमा ग्राहकहरूले थुप्रै आकर्षक सुविधा र उपहारहरू प्राप्त गर्न सक्नेछन्। बुकिङमा आइफोन १७ प्रो (iPhone 17 Pro) प्राप्त गर्ने अवसर, आकर्षक नगद छुट, आठ वर्षको वारेन्टी, छ वर्षसम्म निःशुल्क सर्भिसिङ, सात kW होम चार्जर, स्पेयर टायर तथा एक वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क जस्ता विशेष सुविधा यसअन्तर्गत समावेश छन्।
फोर्थिङ फ्राइडेमा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर जडान गरिएको छ, जसले WLTP मापदण्ड अनुसार ४०० किलोमिटरको दायरा प्रदान गर्छ। सहरका सडकदेखि सप्ताहन्तका यात्रासम्मका लागि उपयुक्त यो EV ले फ्युचरिस्टिक डिजाइन, सुरक्षात्मक विशेषता र आरामदायी इन्टेरियरसहित नयाँ अनुभव दिन्छ। यसमा प्रिमियम मसाज स्पोर्ट्स सिट र इलेक्ट्रिक टेलगेट जस्ता आधुनिक सुविधाहरू पनि उपलब्ध छन्।
लक्ष्मी ई–मोबिलिटीका प्रतिनिधिले भने, “‘Forthing Tihar Vibe’ हाम्रो लागि केवल एउटा अफर होइन, यो तिहारको उत्सवलाई हाम्रा सम्मानित ग्राहकहरूसँग साझा गर्ने विशेष अवसर हो। हामी सफा, स्मार्ट र अत्याधुनिक मोबिलिटीको यात्रातर्फ अघि बढ्दैछौं। Forthing Friday चलाउँदा ग्राहकहरूले प्रविधिसँगै भावनात्मक अनुभव पनि गर्न सकून् भन्ने हाम्रो चाहना हो।”
ग्राहकहरूलाई थापाथली र नमसालस्थित Forthing Showroom मा आमन्त्रण गरिएको छ, जहाँ उनीहरूले Forthing Friday को आधुनिक डिजाइन, फराकिलो इन्टेरियर, स्मार्ट ड्राइभिङ प्रणाली र उत्कृष्ट प्रदर्शन नजिकबाट अनुभव गर्न सक्नेछन्। अभियान अवधिभर टेस्ट ड्राइभ र व्यक्तिगत परामर्श सेवा पनि उपलब्ध गराइनेछ।
‘Forthing Tihar Vibe’ अभियानले ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीतर्फको यात्रा अझ रोमाञ्चक, फाइदाजनक र उत्सवमय बनाउने लक्ष्य राखेको छ।



