२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाली उपभोक्ताको मन जित्दै जिली EX5, शोरूममा ग्राहकहरूको भीड र टेस्ट ड्राइभको रेकर्ड


सञ्चार डबली
  • सोमबार, असोज २७ २०८२
  • 6.3K
    SHARES

  • images
    नेपाली उपभोक्ताको मन जित्दै जिली EX5, शोरूममा ग्राहकहरूको भीड र टेस्ट ड्राइभको रेकर्ड

    काठमाडौँ । हालसालै नेपाली बजारमा प्रवेश गरेको विश्वविख्यात विद्युतीय सवारी (EV) ब्राण्ड जिली EX5 ले नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ। केवल दुई महिनामै EX5 Max र EX5 Pro मोडेलका गैरीधारास्थित शोरूममा ग्राहकहरूको भीड देखिएको छ भने टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको छ।

    काठमाडौँ , पोखरा र विराटनगरका उत्साही ग्राहकहरूले शोरूममा प्रत्यक्ष रूपमा EX5 अनुभव गर्दै यसको स्मार्ट, आकर्षक र वातावरणमैत्री SUV देखेर चकित भएका छन्। यसले विद्युतीय सवारी साधनको परिभाषा नै पुनर्लेखन गरेको टिप्पणी गरिएको छ।

    एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठका अनुसार, “शोरूम बाहिर लाइन लागेका दृश्यहरू र रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ताले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन्।” सहभागी ग्राहकहरूले EX5 को स्मूथ परफर्मेन्स र भविष्यकेन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई ‘नेपालले कुरिरहेको EV’ भनेका छन्।

    एलआरआर मोटर्सले फोन र सामाजिक सञ्जालमार्फत युवा, पेशाकर्मी, व्यवसायी र EV पारखीहरूबाट अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको जनाएको छ। धेरै ग्राहकहरूले EX5 को रेंज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय SUV मध्ये एकको उपमा दिएका छन्।

    कम्पनीका निर्देशक जीवन जंग शाही का अनुसार, “जिली EX5 प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो। नेपाली उपभोक्ताले जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखिएको छ।”

    उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय बिहान ९ बजे देखि साँझ ८ बजे सम्म कायम राखेको छ र शनिवार तथा सार्वजनिक बिदामा पनि खुला रहने जनाएको छ। यो उत्साहलाई थप उचाइमा पु¥याउन, एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend