२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला


सञ्चार डबली
  • आइतबार, असोज २६ २०८२
  • 5.2K
    SHARES

  • images
    ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला

    काठमाडौँ । दसैँ, तिहार र छठ पर्वको अवसरलाई लक्षित गर्दै सिप्रदी अटोपार्ट्स प्रा.लि.ले आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ।

    ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक यो योजना अन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्स खरिद गरेर विभिन्न पुरस्कार तथा क्यासब्याक जित्ने अवसर पाउनेछन्।

    दसैंमा अपार सफलता हासिल गरेपछि कम्पनीले तिहार र छठ पर्वका लागि यो अफर पुनः सुरु गरेको हो। केवल दुई हप्ता मात्र बाँकी रहेको यो अफरमा सहभागी ग्राहकहरूले आफ्नो खरिद रकमअनुसार बम्पर पुरस्कारदेखि स्मार्ट ग्याजेटहरू जित्ने मौका पाउनेछन्।

    लक्की ड्रमार्फत रु. १,००,००० माथिको खरिदमा बजाज पल्सर १५० सिसि मोटरसाइकल बम्पर उपहारका रूपमा पाउने व्यवस्था गरिएको छ।

    त्यस्तै, रु.७५,००० माथिको खरिदमा टिभिएस स्कुटर (१२५ सिसि), रु. २५,००० माथिको खरिदमा स्मार्ट टिभी, र रु. ५,००० माथिको खरिदमा स्मार्टफोन प्रदान गरिनेछ। साथै हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।

    सिप्रदी अटोपार्ट्सका अनुसार टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा ग्राहकहरूले आफ्ना सवारीसाधनको प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउन सक्नेछन्। यी पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लच लगायतका अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्दै मर्मत खर्च घटाउने बताइएको छ।

    नेपालमा टाटा मोटर्सद्वारा उत्पादित टाटा जेन्युइन पार्ट्स, अटोमोटिभ फ्लुइड्स र ड्युराफिट पार्ट्सका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि हो। कम्पनीका अनुसार, वर्षौँदेखि नेपालका व्यवसायिक सवारी प्रयोगकर्ताहरूको पहिलो रोजाइ टाटा जेन्युइन पार्ट्स नै बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend