२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’


सञ्चार डबली
  • आइतबार, असोज २६ २०८२
  • 5.5K
    SHARES

  • images
    फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

    काठमाण्डौ । फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ। सीमित अवधिको अफरअन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निःशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिसको सुविधा पाउनेछन्। 

    यस अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउनेछ, जसले गर्दा यो अफर नेपालभरका पिकअप प्रेमीहरूका लागि स्मार्ट र किफायती विकल्प बनेको छ। यो अफर ३१ अक्टोबर २०२५ सम्म मान्य रहनेछ।

    निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्ट समावेश छन्। यी कम्पोनेन्टहरूले गाडीलाई उच्च स्तरमा पर्फर्मेन्स दिन र कार्यक्षमता बढाउन मद्दत गर्छन्। 

    फोटोनले यी पार्ट्सहरूको निःशुल्क मर्मत सेवा उपलब्ध गराएर ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउने र गाडीको भरपर्दो पर्फर्मेन्सलाई निरन्तरता दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ। तर, यो सेवा माथि उल्लेख गरिएका पार्ट्सहरूमा मात्र सीमित रहने कम्पनीले उल्लेख गरेको छ।

    ‘जिरो कस्ट अफर’ले फोटोनलाई ग्राहक सन्तुष्टि र भ्यालुमा केन्द्रित हुन अझ प्रतिबद्ध बनाएको कम्पनीको भनाई छ। यस अफरमार्फत कम्पनीले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्दै गाडी किन्न सजिलो र फाइदाजनक बनाउने लक्ष्य लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend