२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजबाट सुरु भयो ‘धनतेरस टाटा उत्सव’ : आकर्षक अफर र सुनको असर्फी बम्पर उपहार


सञ्चार डबली
  • आइतबार, असोज २६ २०८२
  • 4.3K
    SHARES

  • images
    आजबाट सुरु भयो ‘धनतेरस टाटा उत्सव’ : आकर्षक अफर र सुनको असर्फी बम्पर उपहार

    काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको धनतेरस पर्वलाई लक्षित गर्दै ‘धनतेरस टाटा उत्सव’ देशव्यापी रूपमा सुरु गरेको छ।

    हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा ग्राहकहरूले आकर्षक अफरका साथै सुनको असर्फी बम्पर उपहार जित्ने सुनौलो मौका पाउनेछन्।

    कार्यक्रम आजदेखि सुरु भई कात्तिक २ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। उक्त विशेष कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू - टियागो इभि, पञ्च इभि, नेक्सन के३ इभि र कर्भ इभिका साथै आईसीई मोडलहरू टियागो, पञ्च, नेक्सन र सफारी खरिद गर्दा छुट र उपहार प्राप्त गर्न सक्नेछन्।

    ग्राहकहरूलाई प्रदान गरिने सुविधा अन्तर्गत फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, व्यापक अटो-प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन समावेश छन्।

    साथै, यस पर्वलाई अझ रोमाञ्चक र अविस्मरणीय बनाउन कम्पनीले भाग्यशाली ग्राहकलाई सुनको असर्फी बम्पर उपहारको अवसर पनि प्रदान गरेको छ।

    टाटा मोटर्सका शोरुमहरू देशभर खुला रहेकाले इच्छुक ग्राहकहरूले सहजै यस कार्यक्रमको लाभ उठाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend