२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

निसानको नयाँ एसयूभी ‘टेक्टन’ भारतका साथै नेपालमा पनि लन्च हुने


सञ्चार डबली
  • शनिबार, असोज २५ २०८२
  • 5.5K
    SHARES

  • images
    निसानको नयाँ एसयूभी ‘टेक्टन’ भारतका साथै नेपालमा पनि लन्च हुने

    काठमाडौं- निसान इण्डियाले छिट्टै लन्च गर्न लागेको कम्प्याक्ट एसयूभीको नाम घोषणा भएको छ ।

    सन् २०२६ को मध्येबाट बिक्री सुरू हुने टेक्टन एसयूभी भारतमा बिक्री सुरू भएसँगै नेपाल पनि आउने छ । निसान इन्डियाले नयाँ एसयूभी टेक्टनको एक्टेरियर डिजाइनका बारेमा आज जानकारी दिएको हो ।

    निसान टेक्टनमा ग्रील र क्यारेक्टर लाइन ठूलो साइजको एसयूभी ‘पेट्रोल’बाट प्रेरित भएको देखिन्छ । फ्ल्याट बोनेट, वारपार कनेन्ट लाइट सहितको एलइडी हेडलाइट र टेललाइट प्रयोग हुनेछ । साइडमा म्याग्नाइटमा जस्तै फ्लेयर ह्वील आर्क र मल्टी स्पोक अलोय ह्वील रहने छ ।

    नयाँ एसयूभीको इन्टेरियरमा तीन कलरको प्रयोगमा बनेको ड्यासबोर्ड हुनेछ । ड्यासको सबैभन्दा माथि सफ्टटच मेटेरियल र बाँकी भागमा ग्लसी ब्ल्याक फिनिस रहने छ । तामा कलरको स्ट्रीप इन्फोटेन्मेन्ट स्क्रीनबाट साइड एसी भेन्टसम्म दिइएको छ ।

    निसानले नयाँ एसयूभीमा ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट स्क्रीन, फुल्ली डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामरा र एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) फिचर दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend