२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महिन्द्रा बोलेरो नियोको अपग्रेड भर्सन सार्वजनिक, नेपालमा पनि लन्च गर्ने तयारी


सञ्चार डबली
  • शुक्रबार, असोज २४ २०८२
  • 5.9K
    SHARES

  • images
    महिन्द्रा बोलेरो नियोको अपग्रेड भर्सन सार्वजनिक, नेपालमा पनि लन्च गर्ने तयारी

    काठमाडौं- महिन्द्राले आफ्नो अफोडेबल एसयूभीहरू बोलेरो र बोलेरो नियोको अपग्रेड भर्सन सार्वजनिक गरेको छ ।

    कम्पनीले बोलेरो र बोलेरो नियोको एक्सटेरियर र इन्टेरियरमा केही नयाँ फिचरहरू थप गरेर बजारमा ल्याएको हो ।

    अपडेट भएको नयाँ बोलेरो नेपालमा समेत चाँडै लन्च गर्ने तयारी भइरहेको बताइएको छ । 

    बोलेरो नियोको सन् २०२५ मोडलहरू ७ सिटे अप्सनमा समेत उपलब्ध रहेको छ । यसमा रेगुलर ५ र रियरमा दुई सिट फोल्डिङ रहेको छ ।

    कम्पनीले लामो भर्सनको बोलेरो नियो प्लस समेत बिक्री गरिरहेको छ । नियो प्लसमा भने ९ सिटे अप्सन रहेको छ ।

    महिन्द्राका अन्य एसयूभीहरू जस्तै बोलेरो नियो पनि बक्सी डिजाइनको रहेको छ । नयाँ बोलेरो नियोमा रिभाइज फेसिया, सिल्भर होरिजेन्टल एसेन्ट सहितको नयाँ डिजाइनको ग्रिल र नयाँ डिजाइनको अलोय ह्वील दिएको छ ।

    बोलेरो नियोमा आधुनिक एसयूभीहरूमा हुने सबै बेसिक फिचरहरू रहेको छ । यसको इन्ट्री लेभलमै राइडफ्लो टेक्नलोजी रहेको छ । टुइनपड एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ९ इन्चको टचस्क्री इन्फोटेन्मेन्ट डिस्प्ले, इको मोड, एबीएस विथ ईबीडी, ड्युल एयरब्याग, स्टेरिङ माउण्टेड अडियो कन्ट्रोल, ब्लूटुथ यूएसबी र एयूएक्स कनेक्टिभिटी, हाइट एड्जस्टेबल ड्राइभर सिट, क्रुज कन्ट्रोललगायत फिचर रहेको छ । यसको टप भेरियन्टमा मल्टी टेरेन टेक्नलोजी समेत रहेको छ ।

    महिन्द्राले बोलेरो नियोमा १.५ लीटरको ३ सिलिण्डर एमहक १०० डिजल इन्जिन दिएको छ । यो इन्जिनले १०० हर्सपावर र २६० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो इन्जिनको साथमा ५ स्पीडको म्यानुअल ट्रास्मिसन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend