२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलः नेपाल र मलेसियाबीच हुँदै


सञ्चार डबली
  • मंगलबार, असोज २१ २०८२
  • 6.9K
    SHARES

  • images
    अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलः नेपाल र मलेसियाबीच हुँदै


     काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । आज हुन लागेको चौथो खेलमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो ।

    पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि छ भने आजको खेलमा पनि मलेसियाले जित निकाले एक खेल अगाडि नै सिरिज उचाल्ने छ ।

    मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend