२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टाटा मोटर्सको ‘शानदार दशैँ–तिहार अफर’ : गाडीमा विशेष छुट र आकर्षक सुविधा


सञ्चार डबली
  • बुधबार, असोज ८ २०८२
  • 6.1K
    SHARES

  • images
    टाटा मोटर्सको ‘शानदार दशैँ–तिहार अफर’ : गाडीमा विशेष छुट र आकर्षक सुविधा

    काठमाडौँ । नेपालीहरूको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ। यस अफरमार्फत टाटाका लोकप्रिय इलेक्ट्रिकदेखि इन्टरनल कम्बशन इन्जिन (आईसिई) मोडेलसम्म विशेष छुट र सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    ग्राहकहरूले टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडीहरू रोज्न सक्नेछन्। यी मोडेलहरूले सहज, आधुनिक र आत्मविश्वासपूर्ण अनुभव दिने कम्पनीको दाबी छ। त्यस्तै, पेट्रोल र डिजेलका टियागो, पञ्च, नेक्सन र सफारी मोडेलहरूमा पनि विशेष अफर लागू गरिएको छ।

    इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकका लागि जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा दिइनेछ। साथै, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक नगद छुटको सुविधा प्राप्त हुनेछ। लक्की ड्रमार्फत भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप बम्पर पुरस्कारस्वरूप पाउनेछन्।

    यस्तै, पेट्रोल र डिजेलका गाडीमा पनि नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा रहेको कम्पनीले जनाएको छ। यसमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।

    सिप्रदी ट्रेडिङले देशभरका सबै शोरुममार्फत यो अफर उपलब्ध गराएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend