२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्कोडा नेपालले आकर्षक अफर र भव्य पुरस्कार सहित सार्वजनिक गर्‍यो ‘फेस्टिभ डिलाइट २०८२’ अफर


सञ्चार डबली
  • मंगलबार, असोज ७ २०८२
  • 4.0K
    SHARES

  • images
    स्कोडा नेपालले आकर्षक अफर र भव्य पुरस्कार सहित सार्वजनिक गर्‍यो ‘फेस्टिभ डिलाइट २०८२’ अफर

    काठमाडौं । स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सुरु गरेको छ।
    यो अभियान अनुसार ग्राहकहरूले चाडपर्वको यो सिजनमा खुशी, रोमाञ्चक अनुभव र विशेष सुविधाहरू पाउनेछन्। “फास्ट एण्ड फियरलेस” भन्ने थिमसहित सुरु गरिएको यो अभियानमा स्कोडाले साहस र एकताको भावना फैलाउँदै प्रिमियम ड्राइभिङ अनुभव प्राप्त गर्न अझ सजिलो बनाइरहेको छ।

    यो अभियान अन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले २०% डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट र सबैभन्दा विशेष, कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्, जुन वर्ल्ड क्लास मोटरस्पोर्ट्स हेर्न जीवनमै एकपटक पाइने अद्वितीय अवसर हो।

    चाडपर्वलाई अझ रमाइलो बनाउन स्कोडाले आकर्षक अफर र रोमाञ्चक पुरस्कारहरूको संयोजन ल्याएको छ, जसले गर्दा ग्राहकले केवल गाडी मात्र होइन, अविस्मरणीय सम्झना पनि घर लैजान सक्नेछन्। स्कोडाका दमदार डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारलाई निरन्तर रूपमा नयाँ परिभाषा दिइरहेको छ।

    यो अभियान हाम्रो समुदायप्रति आभार व्यक्त गर्ने र अझै राम्रो सेवा दिने वाचा हो। नेपालभर रहेका सबै अधिकृत स्कोडा सोरूममा बुकिङ खुला भैसकेको छ। यो चाडपर्व स्कोडासँग मनाऔँ – फास्ट, फियरलेस र फुल अफ फेस्टिभ डिलाइट।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend