२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एन्फालाई एएफसीले गर्‍यो १० हजार डलर जरिवाना


सञ्चार डबली
  • बिहीबार , असोज २ २०८२
  • 5.4K
    SHARES

  • एन्फालाई एएफसीले गर्‍यो १० हजार डलर जरिवाना

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचारसंहिता समितिले १० हजार अमेरिकी डलर जरिवाना लगाएको छ। साथै, नेपाल अर्को संस्करणको एएफसी फुटसल एसियन कपमा भाग लिनबाट बञ्चित भएको छ।

    एएफसीले गत अगस्ट २१ मा बसेको बैठकपछि कारबाहीको विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो। एन्फामाथि कारबाही हुने कारण प्रतियोगिताको नियम उल्लंघन रहेको छ।

    फुटबल एसियन कप इन्डोनेसिया २०२६ को छनोटमा भाग लिन अघि एन्फाले टोलीको नाम फिर्ता लिएको थियो। तर प्रतियोगिताको नियम अनुसार नाम फिर्ता खेल सुरु हुनुभन्दा १०६ दिन अघि मात्र गर्न सकिन्छ। एन्फाले उक्त नियम तोडेको स्वीकार गर्दै गल्ती स्वीकार गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend