२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आन्दोलनबाट प्रभावित अटोमोबाइल क्षेत्र सामान्य बनाउन सरकारलाई नाडाको आग्रह


सञ्चार डबली
  • सोमबार, भदौ ३० २०८२
  • 7.1K
    SHARES

  • images
    आन्दोलनबाट प्रभावित अटोमोबाइल क्षेत्र सामान्य बनाउन सरकारलाई नाडाको आग्रह

     

    काठमाडौं । देशभर भएका आन्दोलन र प्रदर्शनका घटनाले मुलुकमा गहिरो असर पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले शोक र संवेदना प्रकट गरेको छ।

    विज्ञप्ति जारी गर्दै नाडाले आन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    नाडाले अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएकाले हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ।

    कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति चिन्ता बढेको भन्दै उपभोक्ता विश्वासमा नकारात्मक असर परिरहेको नाडाको भनाइ छ। यसले दीर्घकालीन रुपमा लगानी र रोजगारीमा चुनौती थपेको नाडाको निष्कर्ष छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend