२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पूर्णरुपमा सञ्चालनमा आए बैंक, व्यवसायी र बैंकरसंग छलफलमा गभर्नर


सञ्चार डबली
  • आइतबार, भदौ २९ २०८२
  • 5.9K
    SHARES

  • पूर्णरुपमा सञ्चालनमा आए बैंक, व्यवसायी र बैंकरसंग छलफलमा गभर्नर

    काठमाडौं । मुलुकभरका बैंक तथा वित्तीय संस्था पूर्णरुपमा सञ्चालनमा आएका छन् । जेन जी आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि सुचारु भएको हो ।

    नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले आइतबारदेखि सबै कार्यालय सञ्चालनमा ल्याएका छन् । आन्दोलनबाट क्षति पुगेका बैंकहरुका शाखा कार्यालय र एटिएमहरू पनि चाँडै नै सञ्चालन गर्ने तयारी थालिएको छ । शुक्रबारसम्म आंशिकरुपमा मात्रै सञ्चालन गरिएको थियो ।

    नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीहरूसँग छलफल गरेका छन् । गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् । जेन जी आन्दोलनका कारण ठूलो क्षति व्यहोरेका उद्योगी तथा व्यवसायीहरूका लागि विशेष प्याकेज ल्याउन गभर्नरसँग माग राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend