२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रियाल सोसिडाडविरुद्ध रियाल मड्रिडको २–१ को रोमाञ्चक जित


सञ्चार डबली
  • आइतबार, भदौ २९ २०८२
  • 7.7K
    SHARES

  • images
    रियाल सोसिडाडविरुद्ध रियाल मड्रिडको २–१ को रोमाञ्चक जित

    काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर रियाल मड्रिडले अपराजित यात्रा कायम राखेको छ । रियालले शनिबार राति लिगको चौथो खेलमा रियाल सोसिडाडविरुद्ध उसैको मैदानमा २–१ को रोमाञ्चक जित निकालेको हो ।

    एरिनामा पाहुना टिमलाई जित दिलाउन किलियन एमबाप्पे र अर्दा गुलरले गोल गरे । घरेलु टिमका मिकेल ओयारजबाईले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

    खेलको १२औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियाललाई अग्रतामा राखेका थिए । ३२औँ मिनेटमा डिन हुइसेनले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि रियाल १० खेलाडीमा समेटिएको थियो ।

    ४४औँ मिनेटमा गुलरले गोल गरेसँगै रियालले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ५६औँ मिनेटमा घरेलु टिमका ओयारजबाईले गोल फर्काए ।

    ला लिगामा लगातार चौथो जित निकालेको रियाल १२ अंकसहित तालिकाको शीर्ष स्थानमा स्थानमा छ । समान खेलबाट दुई अंकको सोसिडाड १७औँ स्थानमा छ । सोसिडाड लिगमा अझै जितविहीन छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend