काठमाडौं, वैशाख ४ गते । मिटर ब्याजी पीडित प्रहरीबीच झडप भएको छ । रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो । झडपमा दुवैतर्फ घाइते भएका छन् ।सरकारसँग वार्ता नमिलेपछि पीडितहरुले आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलन गरिरहेका छन् ।
मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ ।

