२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जय नेपाल हलमा सुरु भयो यामाहा ब्लु फेस्ट, आकर्षक एक्सचेन्ज र अफरहरू उपलब्ध


सञ्चार डबली
  • मंगलबार, भदौ २४ २०८२
  • 5.4K
    SHARES

  • images
    जय नेपाल हलमा सुरु भयो यामाहा ब्लु फेस्ट, आकर्षक एक्सचेन्ज र अफरहरू उपलब्ध

    काठमाडौं ।  नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य समारोहका साथ सुरु भएको छ।

    भदौ २२ देखि २७ गतेसम्म चल्ने यस महोत्सवमा पुराना बाइक वा स्कुटरलाई नयाँ यामाहामा अपग्रेड गर्ने विशेष अवसर उपलब्ध हुने छ। कार्यक्रममा ग्राहकहरूले कुनै पनि ब्राण्डका बाइक वा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन्।

    एक्सचेन्जमा न्यूनतम ५० हजार रुपैयाँ (यामाहा), २५ हजार रुपैयाँ (अन्य ब्राण्ड) मूल्याङ्कनसहित अतिरिक्त रु. १० हजार रुपैयाँ बोनस पाउने व्यवस्था गरिएको छ।

    साथै, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, नगद छुट रु. १० लाखसम्म, र हरेक खरिदमा निःशुल्क हेल्मेट पाउने अफर समेत समावेश गरिएको छ।

    फेस्टमा यामाहाका R15 V4, MT-15 V2, FZ V3 Deluxe, RayZR 125 FI Hybrid, Aerox 155 लगायतका मोडेल प्रदर्शनमा राखिएका छन् । साथै, भाग्यशाली विजेताहरूका लागि ‘राइड द ब्लु विथ रोडिज’ अनुभव समेत रहनेछ।

    उद्घाटन समारोहमा बोल्दै, यामाहा नेपालका ईडी तथा सिइओ दीपक अग्रवालले भने, “यामाहामा हामी केवल यात्रा मात्र होइन, भावना, शैली र प्रदर्शनसँग जोडिएको अनुभव दिन विश्वास गर्छौं। ब्लु फेस्ट हाम्रो मूल्यवान ग्राहकलाई धन्यवाद प्रकट गर्ने र नयाँ राइडरलाई यामाहा परिवारमा स्वागत गर्ने अवसर हो।”

    यामाहाको ७० वर्षको नवप्रवर्तन र उत्कृष्टताको परम्परा अनुरूप, ब्लु फेस्टलाई केवल एक्सचेन्ज मात्र नभई राइडिङ संस्कृतिको पर्वका रूपमा मनाइने जनाएको छ। कम्पनीले सबै दुई-पाङ्ग्रे प्रेमीहरूलाई महोत्सवमा सहभागी हुन आमन्त्रण गरेको छ। 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend