२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट


सञ्चार डबली
  • सोमबार, वैशाख ४ २०८०
  • 10.2K
    SHARES

  • images
    भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट


    काठमाडौं, वैशाख ४ गते । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।गोलाप्रथामार्फत सर्वसाधारणले यसमा कुल १ लाख ३४ हजार ६९९ जना आवेदकले सेयर पाएका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।

    भूगोल इनर्जीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ लाख ४ हजार ८५५ जनाको आवेदन भने रद्द भएको छ । कम्पनीले १३ लाख ४६ हजार ९९३ आईपीओ बिक्री गरेको थियो । कम्पनीले चैत २३ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपिओ बिक्री खुला गरेको थियो ।

    बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार लगानीकर्ताले वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, भूगोल इनर्जीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

  • सम्बन्धित विषय:

  • # भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend