२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एसयूभी सेग्मेन्टमा उत्कृष्ट देखियो टाटा मोटर्स, नयाँ कम्प्याक्ट एसयूभी ल्याउने


सञ्चार डबली
  • शुक्रबार, भदौ २० २०८२
  • 7.5K
    SHARES

  • images
    एसयूभी सेग्मेन्टमा उत्कृष्ट देखियो टाटा मोटर्स, नयाँ कम्प्याक्ट एसयूभी ल्याउने

    काठमाडौं- ह्याचब्याक र सेडानबाट अटोमोबाइल बजार एसयूभीमा सिफ्ट भएसँगै अधिकांश कम्पनीहरू एसयूभी निर्माणमा जुटेका छन् ।

    यसैक्रममा भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले थप ३ नयाँ कम्प्याक्ट एसयूभी ल्याउने भएको छ । कम्पनीले आगामी ३ वर्ष भित्र लन्च गर्ने गरी सब फोर मिटर लम्बाइ हुने एसयूभीहरू ल्याउने योजना बनाएको हो ।

    टाटा मोटर्सले सन् २०२५ अक्टोबरमा माइक्रो एसयूभी पन्चको फेसलिफ्ट मोडल सार्वजनिक गर्दैछ । नयाँ पन्चको हेडल्याम्प, बम्पर र एक्सटेरियरमा धेरै अपडेट हुने अनुमान गरिएको छ । साथ यसको इन्टेरियरमा अब सानो इन्फोटेन्मेन्ट स्क्रीनको सट्टामा १०।२५ इन्चको नयाँ स्क्रीन आउने छ ।

    त्यस्तै, कम्पनीले सन् २०२७ मा नेक्सनको नयाँ जेनेरेशन मोडल लन्च गर्ने योजना बनाएको छ । नयाँ जेनेरेशन नेक्सनमा धेरै नयाँ अपडेटहरू हुनेछ । नयाँ डिजाइनको फ्रन्ट फेसिया हुने नेक्सनमा १२।३ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन, पावर्ड ड्राइभर सिट र लेभल २ एडास जस्ता प्रिमियम फिचरहरू हुनेछ ।

    टाटा मोटर्सले नेक्स्ट जेनेरेशन सियरा समेत छिटै लन्च गर्ने योजना बनाएको छ । बक्सी र मस्कुलाइन क्यारेक्टर रहेको यो एसयूभी महिन्द्राको थार र सुजुकी जिम्नी जस्तो लाइफस्टायल एसयूभी हुनेछ । यो एसयूभीमा कम्फर्ट, ड्राइभिङ डाइनामिक्स, अफरोड पावरको साथमा इफिसियन्सीको समिश्रण पाउन सकिनेछ ।

    सुरुवातमा इलेक्ट्रीक पावरट्रेनमा लन्च हुने यो एसयूभी पछि आइस इन्जिनमा समेत लन्च हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend