गोरखा । यामाहा नेपालले गोरखा-०६ मा अवस्थित आफ्नो नयाँ 3S फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) चन्दा सप्लायर्स शुभारम्भ गरेको छ। उक्त नयाँ शोरुमको औपचारिक उद्घाटन प्रमुख अतिथिका रूपमा उपस्थित गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगर, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा एमए डब्ल्यूराइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालको पनि उपस्थिति रहेको थियो ।
अत्याधुनिक पूर्वाधार र समर्पित टोलीसहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो 3S अनुभव एउटै छानामुनि उपलब्ध गराएको छ।यसमार्फत ग्राहकहरूले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा तथा जेनुइन स्पेयर पार्ट्स एकै स्थानमा पाउने छन् ।
उत्साहमा थप वृद्धि गर्दै, यामाहा नेपालले उद्घाटन समारोहकै अवसरमा आफ्ना लोकप्रिय FZ र MT श्रृङ्खलाका नयाँ भेरियन्ट सार्वजनिक गर्यो । यी नयाँ मोडलहरूले ताजा स्टाइल र नेपाली राइडरहरूलाई लक्षित एडभान्स्ड फिचरहरूसहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएका छन् ।
“गोरखामा यो नयाँ 3S शोरुम यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई हाम्रा आदरणीय ग्राहकहरूको अझ नजिक ल्याउने यात्रामा अर्को महत्त्वपूर्ण कदम हो” कार्यक्रममा बोल्दै दीपक कुमार अग्रवालले भने, “नयाँ FZ र MT भेरियन्टको लन्चसँगै, हामी गोरखा तथा आसपासका राइडरहरूलाई स्टाइल, प्रदर्शन र भरोसानको संयोजन भएका अझ धेरै विकल्पहरू प्रदान गर्दैछौँ। हामी ग्राहक सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्चतम मापदण्ड कायम राख्दै हाम्रो सञ्जाललाई निरन्तर विस्तार गर्न प्रतिबद्ध छौँ ।”
त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, “चन्दा सप्लायर्सबाट हामी उच्च गुणस्तरका यामाहा दुई-पाङ्ग्रे सवारी साधन उपलब्ध गराउने मात्र नभई भरपर्दो बिक्रीपछिको सेवामार्फत उत्कृष्ट ग्राहक अनुभव दिने लक्ष्य समेत राखेका छौँ । हाम्रो उद्देश्य हरेक ग्राहकसँग दीर्घकालीन विश्वास कायम गर्नु हो, जसका लागि हामीले बिक्रीदेखि सेवा र त्यसपछि पनि विभिन्न चरणसम्म सन्तुष्टि सुनिश्चित गर्नेछौँ।”
उक्त नयाँ शोरुमको उद्घाटन र नयाँ FZ र MT भेरियन्टको लन्च सँगै यामाहा नेपालले आफ्नो फैलिँदै गरेको डिलर सञ्जाललाई अझ सशक्त बनाएको छ। अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहा का सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस रस्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्ने छन्।
एमएडब्ल्यूराइड्सअन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुई-पाङ्ग्रे ब्रान्ड मध्ये एकको रुपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको छ।


