२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टिभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ सार्वजनिक


सञ्चार डबली
  • आइतबार, भदौ १५ २०८२
  • 4.4K
    SHARES

  • images
    टिभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ सार्वजनिक

    काठमाडौं- भारतीय सवारी साधन निर्माता कम्पनी टिभीएस मोटर्सले नयाँ मोडेलमा इलेक्ट्रिक स्कुटरहरु बजारमा सार्वजनिक गरेको छ । 

    टिभीएस अर्बिटर नाम दिएर कम्पनीले नयाँ इभी स्कुटर भारतीय बजारमा सार्वजनिक गरेको हो । यो टिभीएसको आइक्यूब इलेक्ट्रिक मोडल पछिको अर्बिटर दोस्रो मोडल हो । 

    कम्पनीका अनुसार, यो सिंगल भेरियन्टमा मात्रै बजारमा ल्याइएको हो। तर, आइक्यूबको भने बजारमा धेरै भेरियन्टमा उपलब्ध छन् । अर्बिटर स्कुटर बिशेषगरी ग्राहकको रुची र बजेट सुहाउँदो दुई पाङ्ग्रे सवारी प्रति रुची हुनेका लागि प्राथमिकतामा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीले हालै सार्वजनिक गरेको अर्बिटर स्कुटरको मूल्य भने ९९ हजार ९०० भारतीय रुपैयाँ मात्रै कायम गरिएको छ । कम्पनीका अनुसार यो भारतकै सबैभन्दा उत्कृष्ट मध्यको एक एरोडायनामिक स्कुटर हो।

    सार्वजनिक टिभीएसको अर्बिटर नयाँ स्कुटरले १५८ किलोमिटरसम्मको आइडीसी रेन्ज दिने ३.१ किलोवाट आवरको ब्याट्री जडान गरिएको हुन्छ । जुन आइपी ६७ रेटिङका साथ आउँछ। कम्पनीले यस स्कुटरमा निकै उत्कृष्ट सेग्मेन्ट पहिलो सुविधा जनक फिचहरू प्रदान गरेको छ भने ६ ओटा कलर अप्सन दिएको छ ।

    यसमा टिभीएस कनेक्ट एप सहितको कलरफुल डिस्प्ले, पूरा एलईडी लाइट सेटअपका साथ एलईडी डीआरएल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, टर्न बाई टर्न नेभिगेसन, लाइभ लोकेसन, ओटीए अपडेट, हिल होल्ड, एन्टी थेफ्ट, क्र्यास अलर्ट दिइएको छ ।

    त्यस्तै, क्रूज कन्ट्रोल, रिजेनेरेटिभ टेक्नोलोजी, मोटर कटअफ टेक्नोलोजी, इको र पावर राइडिङ मोड, रिभर्स मोड, रिभर्स पार्किङ असिस्ट र यूएसबी पोर्ट लगाएतका अत्याधुनिक फिचरहरू छन् । १६५ एमएम ग्राउण्ड क्लियरेन्स भएको अर्बिटर स्कुटरमा अलोय ह्वील, फ्ल्याट फ्लोरबोर्ड, ३४ लिटरको बुट स्पेस रहेको छ ।

    यूएसबी चार्जिङ, क्रूज नियन्त्रण, स्वचालित हिल होल्ड असिस्ट, रिभर्स पार्किङ असिस्ट, र कनेक्टेड डिजिटल क्लस्टर समावेश छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend