२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बजाज प्रिमियर लिग (BPL) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव


सञ्चार डबली
  • बुधबार, भदौ ११ २०८२
  • 6.6K
    SHARES

  • images
    बजाज प्रिमियर लिग (BPL) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले दसैँ र तिहारलाई लक्षित गरि ‘बजाज प्रिमियर लिग’ (BPL) सार्वजनिक गरेको छ । नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग’ (BPL) सुरु गरेको हो ।

    हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने छ ।

    यस क्याम्पेनका मुख्य आकर्षणहरू

    • जति धेरै रन, त्यति धेरै पुरस्कार

    सातै प्रदेशबाट हरेक हप्तामा ५०,००० नगद उपहार

    • Player of the Week बन्ने ग्राहकलाई रु. १ लाख नगद

    • चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर 

    यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् ।

    यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि। ले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि द्यएी ले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।”

    त्यतिमात्रै होईन यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend