२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उखु किसानको साढे ७५ करोड निकासा


सञ्चार डबली
  • बुधबार, भदौ ११ २०८२
  • 4.8K
    SHARES

  • images
    उखु किसानको साढे ७५ करोड निकासा

     

    काठमाडौं । उखु किसानलाई दिनुपर्ने रकम निकासा नदिएको भन्दै आन्दोलतमा उत्रिए पछि अर्थ मन्त्रालयले साढे ७५ करोड रुपैयाँ निकासा गरेको छ ।

    उखु किसानहरुलाई प्रोत्सहान,अनुदान वापतको ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैया निकासा गरेको मन्त्रालयले जनाएको छ ।

    किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारी अनुदान दिँदै आएकोमा आर्थिक वर्ष २०८१र८२ बाट सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र दिने निर्णय गरको थियो ।

    निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यलायमार्फत किसानको बैंक खाता मार्फत भुक्तानी गर्ने सरकारको तयारी छ । किसानले बक्यौता रकम प्रति क्विन्टल ७५ रुपैयाँका दरले पाउनुपर्ने माग राख्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend