२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सन्दीपको ह्‍याट्रिकसहित पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी


सञ्चार डबली
  • मंगलबार, भदौ १० २०८२
  • 10.8K
    SHARES

  • images
    सन्दीपको ह्‍याट्रिकसहित पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी

    काठमाडौं । अस्ट्रेलियामा आज (मंगलबार) भएको पहिलो टी-२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ। नेपालले एसीटीलाई ४१ रनले हराएको हो।

    नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो ।नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ ओभर २ बलमा १ सय ३६ रनमा अलआउट भएको हो। 

    नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीले २ र रुपेश सिंहले १ विकेट लिए। यसअघि अस्ट्रेलियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो।

    नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए। एसीटीका स्मिथले सबैभन्दा धेरै ५० रन बनाए। यस्तै एसीटीका इभान्स, दुबे र रहमान र ब्रुनकरले २/२ विकेट लिए। ५ खेलको अभ्यास खेलमा नेपाल आजै दोस्रो टी-२० खेल्दै छ।

    टप इन्ड टी-२० शृंखलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न सुरु गरेको हो। टप इन्ड टी-२० शृंखलामा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो। आईसीसी टी-२० विश्वकप छनोटका तयारीस्वरूप नेपालले अस्ट्रेलियामा अभ्यास खेल खेलिरहेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend