२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा अटो शो २०२५: रोयल इन्फिल्डको स्टलमा झुम्मिए अवलोकनकर्ता, कुन बाइक कसका लागि ?


सञ्चार डबली
  • मंगलबार, भदौ १० २०८२
  • 6.1K
    SHARES

  • images
    नाडा अटो शो २०२५: रोयल इन्फिल्डको स्टलमा झुम्मिए अवलोकनकर्ता, कुन बाइक कसका लागि ?

    काठमाडौं । यस वर्षको ‘नाडा अटो शो’ मा रोयल इन्फिल्डको स्टलमा अवलोकनकर्ताको बाक्लो भिड लागेको छ । कम्पनीले बाइकलाई केवल एकसाधन मात्र नभई एक विशेष अनुभवका रूपमा प्रस्तुत गरेको छ, जसलाई उनीहरू ‘प्योर मोटरसाइक्लिङ’ भन्छन् । यही कारण यस वर्षको नाडा अटो शोमा दैनिक औसत ३७ वटा बाइक बुकिङ भएको कम्पनीले बताएको छ।

    सधैंको रोजाइ ‘क्लासिक ३५०’

    रोयल इन्फिल्डको सबैभन्दा चर्चित र धेरै बिक्री हुने बाइक ‘क्लासिक ३५०’ हो । यसको पुरानो जमानाको जस्तो देखिने डिजाइनले सबैलाई आकर्षित गर्छ, तर यसमा आधुनिक सुविधा पनि छन् ।

    कम्पनीका अनुसार मोबाइल चार्ज गर्न मिल्ने पोर्ट, एलईडी हेडलाइट र गियर कुन नम्बरमा छ भनेर देखाउने मिटरजस्ता विशेषताले यसलाई आजको समयमा पनि उत्तिकै सान्दर्भिक बनाएको छ।

    यो बाइक ती व्यक्तिहरूका लागि उत्कृष्ट छ जो क्लासिक लुक र दमदार आवाज मन पराउँछन् । यसको मूल्य ५ लाख ५५ हजारदेखि सुरु भएर ५ लाख ७९ हजार ९ सयसम्म पर्छ।

    साहसिक यात्राका लागि ‘नयाँ हिमालयन’

    यो पटकको शोमा सबैभन्दा बढी चर्चामा रहेको बाइक ‘नयाँ हिमालयन’ हो । ‘जस्तोसुकै बाटोमा पनि चल्ने’ नाराका साथ आएको यो बाइक अफ–रोड र साहसिक यात्राका लागि बनेको हो । यसमा ४५० सीसीको शक्तिशाली ‘शेर्पा’ इन्जिन छ, जुन रोयल इन्फिल्डको पहिलो लिक्विड–कुल्ड (पानीले चिसो बनाउने) इन्जिन हो ।

    यसमा गुगल म्याप्स हेर्न मिल्ने स्क्रिन, विभिन्न राइडिङ मोड र २३० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स जस्ता अत्याधुनिक सुविधा छन् । यो बाइकले पहाड, खोला वा कच्ची बाटो जहाँ पनि निर्धक्क भएर यात्रा गर्ने आत्मविश्वास दिने कम्पनीको दाबी छ ।

    New-HImalayan-450-Royal-enfield.jpg
    undefined

    सहरका लागि ‘हन्टर ३५०’

    विशेषगरी युवा र सहरभित्र दैनिक यात्रा गर्नेहरूका लागि ‘हन्टर ३५०’ बनाइएको हो । यो बाइक चलाउन सजिलो, हलुका र फुर्तिलो छ, जसले गर्दा जाममा पनि सजिलै चलाउन सकिन्छ ।

    कलेज जाने विद्यार्थी वा अफिस जाने कर्मचारीका लागि यो निकै उपयोगी छ । यो रोयल इन्फिल्डको सबैभन्दा धेरै बिक्री हुने दोस्रो मोडेल हो । यसको सुरुवाती मूल्य ४ लाख ७९ हजार ८ सय रहेको छ ।

    Nada-auto-show-300000.jpg
    undefined

    लामो यात्राको साथी ‘मिटियर ३५०’

    यदि तपाईं लामो दूरीको यात्रा गर्न रुचाउनुहुन्छ भने ‘मिटियर ३५०’ तपाईंका लागि हो । यो बाइक विशेषगरी आरामदायी यात्राका लागि डिजाइन गरिएको हो । यसमा बसेर घण्टौंसम्म चलाउँदा पनि ढाड दुख्ने वा थकाइ लाग्ने समस्या कम हुन्छ । यो एक उत्कृष्ट क्रुजर बाइक हो, जसले लामो यात्रालाई रमाइलो बनाउँछ । यसको मूल्य ५ लाख ५५ हजार ६ सयदेखि सुरु हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend