२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

होन्डाको दशैं योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक, चार लाखसम्मको नगद छुट पाइने


सञ्चार डबली
  • सोमबार, भदौ ९ २०८२
  • 4.7K
    SHARES

  • images
    होन्डाको दशैं योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक, चार लाखसम्मको नगद छुट पाइने

    काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले हिन्दूहरूको महान् चाड दशैंको अवसरमा आकर्षक योजना ल्याएको छ ।

    कम्पनीले आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक गरेको हो । “यो दशैं द्यभकत ख्बगिभ रोज्नुहोस्“ भन्ने नाराका साथ ल्याइएको यो योजना मिति २०८२ भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म नेपाल राज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ ।

    यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्ने बताएका छ । यस योजना अन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू पाइने कम्पनीले भनेको छ । कम्पनीले रु. ४,००,००० सम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ ।

    यसका साथै, ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन् ।

    पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि रु. २५,००० बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ । ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् ।

    यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ।

    स्याकार ट्रेडिङ्ग कम्पनी नेपालमा होन्डा ब्रान्डको सबैभन्दा विश्वसनीय नाम हो। विगत लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको यस कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास जित्न सफल भएको छ। स्याकार ट्रेडिङ्गले आफ्ना ग्राहकहरूलाई सधैं नवीन र आकर्षक योजनाहरू प्रदान गर्दै आइरहेको छ र यो दशैं योजना पनि त्यसैको एक निरन्तरता भएको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend