२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 


सञ्चार डबली
  • सोमबार, भदौ ९ २०८२
  • 4.4K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज रातो आलुको भाउ बढेर प्रतिकेजी ५१ रुपैयाँ कायम भएको छ भने लोकल बन्दा ३७ रुपैयाँ ६० पैसा, डल्लो भन्टा ६१ रुपैयाँ, सलगम ९६ रुपैयाँ, डल्ले च्याउ ४२६ रुपैयाँ, सेलरी २४८ रुपैयाँ, पुदीना ८५० रुपैयाँ, तोफु ११० रुपैयाँ, केरा प्रतिदर्जन १४१ रुपैयाँ र कागती प्रतिकेजी १५४ रुपैयाँ तोकिएको छ । 

    यसैगरी, भारतीय सुन्तला प्रतिकेजी ३२८ रुपैयाँ २० पैसा, लोकल काक्रो १०० रुपैयाँ, हाइब्रीड काक्रो ३५ रुपैयाँ, अम्बा २३८ रुपैयाँ, शरीफा २२८ रुपैयाँ, अमला १६२ रुपैयाँ, अदुवा १०८ रुपैयाँ, हरियो खुर्सानी ६४ रुपैयाँ, बुलेट खुर्सानी ५६ रुपैयाँ, हरियो लसुन १८५ रुपैयाँ, सुकेको चाइनिज लसुन २०६ रुपैयाँ, सुकेको छ्यापी १९२ रुपैयाँ ५० पैसा, बचुवा ताजा माछा २८० रुपैयाँ, छडी ताजा माछा २५० रुपैयाँ र राजा च्याउ प्रतिकेजी २९४ रुपैयाँ कायम गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend