२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भारतबाट ईभी आयातमा वृद्धि


सञ्चार डबली
  • आइतबार, भदौ ८ २०८२
  • 5.0K
    SHARES

  • images
    भारतबाट ईभी आयातमा वृद्धि


    काठमाडौं ।  नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडि (ईभी) आयातमा वृद्धि भएको छ । विशेषगरी नेपालमा चीनबाट धेरै ईभी गाडि भित्रिने भएपनि बाढी पहिरोका कारण उत्तर तर्फका दुबै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतबाट ईभी आयातमा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

    चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा नेपालमा भारतबाट ८५ ओटा र चीनबाट ६० ओटा गरी कुल १६० ओटा चारपांग्रे ईभी आयात भएका छन् । अघिल्लो वर्षको तुलनामा चीनबाट आयात हुने ईभी सङ्ख्या घटेको देखिएको छ ।

    अघिल्लो आव २०८१/८२ को सोहि अवधिमा नेपालमा कुल ३८१ ओटा ईभी आयात भएका थिए । जसमध्ये चीनबाट २०२ ओटा र भारतबाट १७८ ओटा मात्रै आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

    नाडा अटोमोबाइल्स एशोसिएशनका अनुसार बाढी पहिरोका कारण उत्तर तर्फका दुबै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतीय ईभी आयातमा वृद्धि भएको देखिएको हो ।

    गत असार २४ मा नेपाल–चीन सिमास्थीत लेहेन्दे खोलमा आएको विनकाशकारी बाढीले नेपाल–चीन जोड्ने मित्तेरी पुल समेत बगाएपछि रसुवागढी बाट दुई देश बिच हुने व्यापार ठप्प छ । त्यसैगरी, अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर ठप्प बनेको तातोपानी नाका १८ दिनपछि बल्ल सञ्चालनमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend