२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रधानन्यायाधीश नियुक्ति गर्न प्रमुख तीन दलबीच सहमति


सञ्चार डबली
  • सोमबार, वैशाख ४ २०८०
  • 8.1K
    SHARES

  • प्रधानन्यायाधीश नियुक्ति गर्न प्रमुख तीन दलबीच सहमति

    काठमाडौं, वैशाख ४ गते । संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन प्रमुख तीन दलबीच सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् ।

    नेता लेखकले सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको भन्दै न्यायपालिका लामो समय यो स्थितिमा रहनु हुँदैन भनेर प्रधानमन्त्री प्रचण्डले छिटो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव राखेको जानकारी दिएका छन् ।

    उनले सो प्रस्तावमा संवैधानिक परिषदको बैठक बोलाएर नियुक्ति प्रक्रिया अघि बढाउन भनिएको लेखकले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा बैठक बोलाउने छन् । बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि अघि बढाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिएका छन् ।

    आजको बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # प्रमुख तीन दलबीच सहमति
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend