२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नामीको एक वर्षको एनिभर्सरी: सफलताको कथा र उत्सव


सञ्चार डबली
  • शनिबार, भदौ ७ २०८२
  • 7.1K
    SHARES

  • images
    नामीको एक वर्षको एनिभर्सरी: सफलताको कथा र उत्सव

    काठमाडौं । नामीको एक वर्षको एनिभर्सरी: सफलताको कथा र उत्सवकाठमाडौं । नामीले नेपालमा आफ्नो पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमै पहिलोपटक, २२ अगस्ट २०२४ मा, सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा सबिन राई एण्ड द फ्यारोको लाइभ कन्सर्ट र फेशन शोमार्फत नामीले आफ्नो भव्य डेब्यु गरेको थियो। केबल १२ महिनामै नामीले नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकहरूको उत्साहपूर्ण स्वागत पाएको छ र छोटो समयमै नेपालको सबैभन्दा सफल ईभीमध्ये एक बनेको छ। यस उपलब्धीले नामीलाई इलेक्ट्रिक ह्याचब्याक सेग्मेन्टको अग्रणीको रूपमा स्थापित गरेको छ र ग्राहकवर्गको बढ्दो विश्वास र निष्ठालाई पनि उजागर गरेको छ।

    सार्वजनिक हुँदै गर्दा नामी ०१ बजारलाई चुनौती दिने उद्देश्यले आएको थियो र त्यसले आफ्नो वचन पूरा गरेको छ। यस सेग्मेन्टमै पहिलो पटक फ्रेमलेस डुअर, फ्लस डोर ह्यान्डल, वेलकमिङ र मेमोरी सिट, अटो पार्किङ सुविधा र टेबलटप सहितको ड्रएर जस्ता विशेषताहरू ल्याएर नामी ०१ ले आइडियल ह्याचब्याकको परिभाषा नै नयाँ बनाएको थियो। साथै, १२.८” को उन्नत इन्फोटेन्मेन्ट प्रणाली र अत्याधुनिक ड्राइभर असिस्टेन्स फिचरसहित यसले आफ्नो प्राइस रेन्जमा उत्कृष्ट स्टाइल, प्रविधि र प्रदर्शन पेश गरेको थियो। योसँगै नामीले छिटो बजार विस्तार गर्दै नेपालको बहुसंख्यक जनतालाई इलेक्ट्रिक मोबिलिटी सुलभ बनाएको छ।

    नामी ०१ को सफलता केवल अंकमा सीमित छैन, यसले  उपयुक्त मूल्यसँग संयोजन गर्दा ग्राहकहरूले नवीनता र गुणस्तरलाई कदर गर्छन् भन्ने समेत देखाएको छ। एक वर्ष बितिसक्दा पनि यसको मूल्य कम्पेटिटिभ छ, किनकि आजको बजारमा थोरै मात्र ईभीहरूले यति किफायती मूल्यमा यति धेरै प्रिमियम सुविधाहरू प्रदान गर्न सक्छन्।

    यो विशेष अवसरलाई स्मरण गर्न नामीले आफ्नो स्टलमा ग्राहक, सरोकारवाला, अटो ब्लगर र सञ्चारकर्मीहरूको उपस्थितिमा केक काटेर उत्सव मनायो। सो अवसरमा एमएडब्लू वृद्धिका सीईओ श्री प्रशन्न पन्तले यो यात्रा सम्झिँदै भने, “नामीसँगको यो एक वर्षको यात्रा साँच्चै नै उल्लेखनीय रह्यो। हामीप्रति विश्वास राख्नु हुने सबै ग्राहकहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ, र हामी नेपालमा नवीन र दिगो मोबिलिटी सोलुसन्स निरन्तर ल्याइरहनेछौँ।”

    तर नामी यतिमै रोकिने छैन। नामी ०१ को सफलता उत्सव मनाएसँगै ब्रान्डले आफ्नो आगामी रोमाञ्चक योजनाको झलक पनि दिएको छ, जसमा अर्को ठूलो कदमको रूपमा ‘नामी भिगो’ को घोषणा गरिएको छ। यो नयाँ मोडलले नामी ०१ को सफलतालाई निरन्तरता दिँदै कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ सीमा पार गर्ने तयारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend