२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बर्षकै बेस्ट अफर सहित बिरगञ्जमा टाटा ईभी अटो शो आजदेखि सुरु


सञ्चार डबली
  • शुक्रबार, भदौ ६ २०८२
  • 5.8K
    SHARES

  • images
    बर्षकै बेस्ट अफर सहित बिरगञ्जमा टाटा ईभी अटो शो आजदेखि सुरु

    सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक) ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा आजदेखि बिरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ। अगस्ट २२ देखि २४ सम्म होटल विशुवा, बाइपास रोडमा सञ्चालन हुने यो अटो शो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहनेछ।

    अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफरहरू उपलब्ध गराइएको छ। अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन्।

    यस अटो शोमा प्रदर्शित EV मोडलहरूमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev रहेका छन्। यससँगै, अटो शोमा आउने आगन्तुकका लागि फूड स्टल, रमाइलो खेल गतिविधि ९फन गेम्स० र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ, जसले यसलाई केवल प्रदर्शनी मात्र नभई उत्सवको रूप दिनेछ।

    कार्यक्रम आयोजक प्राइम अटो ट्रेडर्स र सिप्रदी ट्रेडिङ का अनुसार, यो अटो शोले बिरगञ्ज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा ईभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend