२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन – ग्राहकहरुलाई उत्कृष्ट सेवाको प्रतिज्ञा


सञ्चार डबली
  • बिहीबार , भदौ ५ २०८२
  • 5.5K
    SHARES

  • images
    भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन – ग्राहकहरुलाई उत्कृष्ट सेवाको प्रतिज्ञा

    काठमाडौं । डेल्टा अटोकर्प प्रा.लि. ले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरिएको छ। डेल्टा अटोकर्प प्रा.लि. भेष्पा अप्रिलिया, नेपालको लागि आधिकारिक बिक्रेता हो। जसले ग्राहकहरुलाई उत्कृष्ट बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ। यो नयाँ सर्भिस सेन्टर पिपलबोट, बौद्ध, काठमाण्डौमा अवस्थित छ र भेष्पा अप्रिलियाको सबै स्कुटरहरूको लागि पूर्ण-सुविधा सम्पन्न सेवा प्रदान गर्न तयार छ।

    कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता छौं। यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका ग्राहकहरुलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ।”

    IMG_20250808_105747.jpg
    undefined

    नयाँ सेन्टरमा अत्याधुनिक उपकरणहरू र अनुभवी प्राविधिकहरू उपलब्ध छन्, जसले स्कुटरहरूको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछन्। ग्राहकहरुले अब स्पेयर पार्ट्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउनेछन्।

    कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउनेछ। भेष्पा अप्रिलियाका ग्राहकहरुले अब आफ्नो स्कुटरको मर्मतका लागि सहजै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। कम्पनीले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ र यो नयाँ सेन्टरले ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नेछ जानकारी गराउनुभयो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend