२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिप्रदी ट्रेडिङले गर्यो ‘एक्सप्रेस–टी इभी’ फ्लिट पार्टनरलाई सम्मान


सञ्चार डबली
  • बिहीबार , भदौ ५ २०८२
  • 5.1K
    SHARES

  • images
    सिप्रदी ट्रेडिङले गर्यो ‘एक्सप्रेस–टी इभी’ फ्लिट पार्टनरलाई सम्मान

     

    काठमाडौं । नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल ‘एक्सप्रेस–टी इभी’का प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ ।

    काठमाडौंको भृकुटिमण्डपमा जारी नाडा अटो शोमा ‘एक्सप्रेस–टी इभी’ फ्लिट पार्टनलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको हो । उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि यो सम्मान गरिएको जनाइएको छ ।

    ‘एक्सप्रेस–टी इभी’ विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो । स्वरोजगारी प्रवद्र्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend