२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिप्रदी ट्रेडिङद्वारा NADA Auto Show मा Xpres-T EV फ्लिट पार्टनर लाई सम्मान


सञ्चार डबली
  • बुधबार, भदौ ४ २०८२
  • 7.2K
    SHARES

  • images
    सिप्रदी ट्रेडिङद्वारा NADA Auto Show मा Xpres-T EV फ्लिट पार्टनर लाई सम्मान

    काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रचलनलाई नयाँ उचाइमा पुर्‍याउँदै, सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको आधिकारिक वितरक) ले यस वर्षको NADA Auto Show २०२५ मा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल Xpres-T EV का प्रमुख फ्लिट पार्टनर हरूलाई विशेष सम्मान प्रदान गरेको छ।

    कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको हो। वहाँहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि यो सम्मान गरिएको हो।

    Xpres-T EV विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो। स्वरोजगारी प्रवर्द्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ।

    NADA अटो शो 2025 भदौ ३ गतेदेखि ८ गते (August 19–24, 2025) सम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन सम्पूर्ण अटोप्रेमी महानुभावहरुमा नेपालका लागि टाटाको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग हार्दिक आमन्त्रण गर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend