२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बिवाइडीको Atto 2 उत्कृष्ट फिचर्ससहित बजारमा, बुकिङमा आकर्षक अफर


सञ्चार डबली
  • बुधबार, भदौ ४ २०८२
  • 6.1K
    SHARES

  • images
    बिवाइडीको Atto 2 उत्कृष्ट फिचर्ससहित बजारमा, बुकिङमा आकर्षक अफर

    काठमाण्डौ। चिनियाँ गाडी उत्पादक कम्पनी बिवाइडीको स्मल एसयुभी अट्टो२ सार्वजनिक भएको छ । भृकुटी मण्डपमा जारी ‘नाडा अटो शो २०२४’ मा बिवाइडीले आफ्नो नयाँ कम्प्याक्ट एसयूभी अट्टो२ सार्वजनिक गरेको हो ।

    बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाडा अटो शोमा उक्त गाडी सो गाडी लन्च गरेको हो। बीवाइडी अट्टो२ को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम र ह्वीलबेस २६२० एमएम छ। यो गाडीको मूल्य ४३ लाख ९९ रुपैयाँ तोकिएको छ। यसमा ब्याट्री ४५ किलोवाट आवर(युनिट) क्षमताको छ। एक पटकको फुल चार्जमा गाडीले ३४५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

    यसको अगाडिका सिटहरुमा इलेक्ट्रीक एड्जस्टमेन्ट र हिटीङ फेसीलीटी छ। यस्तै इलेक्ट्रीक फोल्डीङ साइड मिरर, हिटेड स्टेरिङ ह्वील, एम्बीयन्ट लाइट, ८ वटा स्पीकर, फ्रन्ट तथा रियर पार्किङ सेन्सर तथा ३६० डिग्री क्यामरा जस्ता फिचरहरु पनि छन्।

    गाडीको बुट स्पेस ४०० लिटरको रहेको छ। यसलाई रियर सिट फोल्ड गर्दा १३४० लिटरकोसम्म बनाउन मिल्छ। यो गाडी बिवाइडी एडभान्स्ड बीवाइडी ई प्लेटफर्म ३.० मा बनेको हो।

    यसमा १०० किलोवाटको मोटर र ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक छ ।  

    नाडा अटो शोमा नगद छुट नभए पनि मोटर र ब्याट्रीमा ८ वर्षको सट्टा १० वर्षको विस्तारित वारेन्टी प्रदान गरेको छ । नबिल बैंकसँगको सहकार्यमा ७ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा सुविधा उपलब्ध रहेको कम्पनीको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend