२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा अटो शो २०२५ मा नामी भिगो सार्वजनिक, मूल्य कति ?


सञ्चार डबली
  • बुधबार, भदौ ४ २०८२
  • 5.4K
    SHARES

  • images
    नाडा अटो शो २०२५ मा नामी भिगो सार्वजनिक, मूल्य कति ?

    काठमाण्डौ । नामीले नाडा अटो शो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ। नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार रहेको कम्पनीले जनाएको छ । 

    नामी भिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक शहरी जीवनशैलीको लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको छ।यो E2 र E2+ गरी दुई भेरियन्टमा उपलब्ध छ, जस मध्ये प्रत्येकलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेष रूपमा तयार पारिएको छ।

    नामी भिगो सेग्मेन्ट फर्स्ट फिचरहरूका साथ मा आउँछ जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्‍याएको छ।यसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेटका साथै तपाईंको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरीसीट समावेश छ। डुअर प्यानलमा म्युजिक सिंक गरिएको एम्बियन्टलाइ टिङछ, जसले प्रत्येक यात्रालाई आधुनिक र रमाइलो बनाउँछ। चार्जिङको लागि यसले 3C फास्टचार्जिङ (१६७ DC) सपोर्टगर्छ, जसले३०% बाट८०% चार्जगर्न जम्मा १८ मिनेट मात्र लगाउँछ। हरेकयात्रालाई रमाइलो बनाउन र आउट डुअर फनकालागि यसमा एक्सटेरियर स्पिकरको सुविधा पनि उपलब्ध छ।

    त्यस्तै, नामी०६ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ।यसमा लेभल 2 ADAS, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेडर भेन्टिलेटेड सिट छ।कारले तपाईंलाई वेलकम साउण्डले स्वागत गर्छ र R18 टायर, अटोमेटिकहाई/लोबीमहेड लाइटर हेडलाइटडिले–अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्छ।

    यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोडहरू र कार तथा मोबाइल संचालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन्। अडाप्टि भक्रु जकन्ट्रोलर ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेसहरू सहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो।

    नामी भिगोको डिजाइन आकर्षक छ, जसमा “म्याजिकक्युब” एक्सटेरियर, T-आकारका एलईडी हेड लाइट, ट्राइएंगुलर पिक्सेलटेल लाइट र डुअल–टोन १८ इन्च रिम्स छन्। इन्टेरिय र पनि उत्कृष्ट छ, जसमा मिनिमलिस्टर स्मार्ट केबिन, १२.८इन्चको इन्फोटेनमेन्ट स्क्रिनर ८.८ इन्च डिजिटलइन्स्ट्रुमेन्ट प्यानल, लाई-फ्ल्याट सिटिङ, वायरलेस चार्जिंग, एउटामुनरुफ (E2+) रएउटा 360° क्यामरा समावेश छन्।

    नामी भिगो E2 भेरियन्टको लन्च मूल्य रु. ३८,९९,०००र E2+ भेरियन्टको लागिरु. ४१,९९,०००रहेको छ।

    नाडा अटो शोका लागि विशेष अफरमा, नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको छ।शो को अवधिमा, नामी भिगो E2 भेरियन्टरु. ३७,९९,०००मा र E2+ भेरियन्टरु. ४०,९९,०००मा उपलब्ध हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend