२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा अटो शो २०२५ मा फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्टहरू आकर्षणको केन्द्रमा


सञ्चार डबली
  • बुधबार, भदौ ४ २०८२
  • 6.8K
    SHARES

  • images
    नाडा अटो शो २०२५ मा फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्टहरू आकर्षणको केन्द्रमा

    काठमाडौं । नेपालमा टुनल्यान्ड G7 को सफल लन्चपछि फोटोन टुनल्यान्डले यसपटक नाडा अटो शो २०२५ मा आफ्ना उत्कृष्ट मोडलहरू प्रस्तुत गर्दै दर्शकको ध्यान खिचेको छ। यस प्रदर्शनीमा विशेष गरी टुनल्यान्ड V9, टुनल्यान्ड G7 र टुनल्यान्ड प्रमुख आकर्षण बनेका छन्। यी सबै मोडलहरू उच्च पर्फर्मेन्स, दमदार डिजाइन र भरपर्दो सुविधाका कारण परिचित छन्।

    हाइब्रिड पिकअप टुनल्यान्ड ख्ढ शक्तिशाली र मजबुत गाडीका रूपमा प्रस्तुत गरिएको छ, जुन सबै किसिमका सडक र ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ। चाहे कामका लागि होस् वा मनोरञ्जनका लागि, साहसिक यात्रादेखि लामो दूरीको भ्रमणसम्म यसले भरपर्दो अनुभव दिन्छ। यसको दमदार इन्जिन र आकर्षक एक्सटेरियरले अटो शोमा दर्शकको विशेष ध्यान खिचेको छ।

    नेपालमै ठूलो सफलता हासिल गरिसकेको टुनल्यान्ड G7 यसपटक पनि प्रदर्शनीमा राखिएको छ। स्टाइलिश लुक, आरामदायी इन्टेरियर र सहज ड्राइभिङ अनुभवले यसलाई नेपाली ग्राहकहरूको रोजाइमा परिदिएको छ। यसको प्रदर्शन र सहजताले ड्राइभर तथा यात्रु दुवैलाई प्रभावित पार्ने अपेक्षा गरिएको छ।

    त्यस्तै, टुनल्यान्ड भने टुनल्यान्डको ग्रीन भविष्यतर्फको ठूलो कदमका रूपमा प्रस्तुत गरिएको छ। पूर्ण इलेक्ट्रिक पिकअपको रूपमा यो मोडलले वातावरणमैत्री विकल्प दिनुका साथै फोटोनका गाडीमा सधैं अपेक्षा गरिने पावर र पर्फर्मेन्सलाई निरन्तरता दिएको छ।

    फोटोनको नेपालस्थित आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्शियल ले व्यावसायिक सवारी, प्यासेन्जर सवारी तथा न्यू इनर्जी सोलुसन्समार्फत विश्वस्तरीय उत्पादन नेपालमा ल्याउँदै आएको छ। गुणस्तर, दिगोपन र इनोभेसनमा केन्द्रित यस कम्पनीले देशभरको बलियो नेटवर्क र उत्कृष्ट आफ्टर सेल्स सेवामार्फत नेपाली बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ।

    यसैगरी, नाडा अटो शो २०२५ मा फोटोन टुनल्यान्डका यी पावरहाउस मोडलहरूले नेपालमा आधुनिक पिकअप संस्कृति र वातावरणमैत्री भविष्यको सम्भावनालाई अझ प्रष्ट पारेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend